४० वर्षपछि बागमतीमा तीर्थ यात्रा

१० बैशाख २०७५, सोमबार ०३:१२

काठमाडौं :  पशुपतिनाथ मन्दिर परिसरबाट आज(सोमबार) देखि बागमती तीर्थयात्रा सुरु हुदैछ। ४० वर्षपछि बागमती तीर्थयात्रा गर्न लागिएको हो।

यसअघि २०३४ सालमा बागतीमा तीर्थ यात्रा भएकोमा त्यसपछि  हुन सकेको थिएन। पशुपतिनाथ मन्दिरमा पञ्चामृतसहित पूजा एवं रुद्रीपाठ गरेपछि यात्रा सुरु गर्न थालिएको हो। बागमतीको कटुवाल दहबाट वाग्द्वारसम्म तीर्थयात्रा सात दिन सम्म हुनेछ।

कटुवाल दहबाट वाग्द्वारसम्मका १ सय ६५ तीर्थस्थलमा पैदल हिँडेर स्नान, पूजाआजा गर्ने विधिलाई बागमती तीर्थयात्रा भनिन्छ। बागमती प्रदुषित बन्दै गएपछि बागमती तीर्थयात्रा रोकिएको थियो। पूरा पढ्नुहोस् »

तपाईको प्रतिक्रिया