काभ्रे गुर्दुम डाँडामा सुरु हुदै छ प्याराग्लाइडिंग

१४ बैशाख २०७५, शुक्रबार १६:४०

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ गुर्दुमडाँडामा प्याराग्लाइडिङको उडान हुने भएको छ । पनौती नगरपालिकासँगको समन्वयमा आयोजना हुने ‘बिहावर क्षेत्र पर्यटन महोत्सव’का अवसरमा सो उडान गर्न लागिएको पनौती नगरपालिकाका प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए ।

प्याराग्लाइडिङको लागि १५ वटा छाता प्राप्त भइसकेको र सम्बन्धित निकायबाट अनुमति समेत लिइसकेको महोत्सव मूलसमारोह समितिले जनाएको छ ।

पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले पोखराको वैकल्पिक क्षेत्रको रुपमा गुर्दुम डाँडालाई प्रयोगमा ल्याउन र पनौतीको आन्तरिक पर्यटन प्रवर्द्धनका लागि सो उडान गर्न लागिएको बताए ।

पुरा जानकारी

तपाईको प्रतिक्रिया