बेथाञ्चोक कप पुरुष भलिबल प्रतियोगिता जेष्ठ १२ बाट

८ जेष्ठ २०७५, मंगलवार ०८:१५

शिखर चिमौरिया, काभ्रे, जेठ । जिल्लाको दक्षिण भेगमा रहेको बेथान्चोक गाउँपालिकाले आगामी जेष्ठ १२ गते देखि १५ गतेसम्म प्रथम बेथान्चोक कप आमन्त्रण पुरुष भलिबल प्रतियोगिता २०७५ आयोजना गर्ने भएको छ ।

गाउँपालिका उपाध्यक्ष सरिता लामिछानेको संयोजकत्वमा सबै वडाका वडा अध्यक्षहरु सदस्य रहने गरी गरी उच्च स्तरीय खेलकुद समिति समेत बेथान्चोक गाउँपालिकामा गठन गरिएको छ । उक्त समितिलाई सहयोग पु¥याउने गरी खेलसँग सम्वन्धित ब्यक्तिहरुको सहभागितामा खेलकुद विकास समिति गठन गरिएको हो । गाउँपालिकामा गठित बेथान्चोक खेलकुद विकास समितिको आयोजनामा भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

पुरा जानकारी

तपाईको प्रतिक्रिया