बेथानचोकको तेस्रो गाउँसभामा ३४ करोडको बजेट प्रस्तुत

२९ असार २०७५, शुक्रबार २३:०९

बेथानचोक गाउँपालिकाको तेस्रो नगर सभा विहीवार सम्पन्न भएको छ । गाउँसभाको सञ्चारमन्त्री गोकुल प्रसाद बास्कोटाले उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । वर्षाले सडक अवरुद्ध भए पछि कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले गर्नुभएको थियो ।

सभामा गाउँपालिका अध्यक्ष तिमल्सिनाले गाउँकार्यपालिकाका नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । पालिकाले आर्थिक, पूर्वाधार विकास वन वातावरण तथा विपद व्यवस्थापन, सामाजिक,सु–शासन तथा संस्थागत विकास तथा सेवा प्रवाहका विषयमा नीति तथा मार्गदर्शन कार्यक्रम प्रस्तुत गरिएको थियो ।

जस अन्र्तगत आर्थिक विकासका लागि कृषि क्षेत्रमा नगदेवाली,तरकारी तथा अन्न वालीको पकेट क्षेत्र निर्माण गर्ने । पर्यटन प्रवर्धनका कार्य गर्ने सबै वडाहरुमा होमस्टे संचालन गर्ने नीति लिएको छ । त्यसै गरी समाजिक विकास अन्तर्गत विद्यालय शिक्षालाई सुधार गर्ने आगामी ४ वर्ष भित्र कक्षा ५ सम्म अंग्रेजी माध्यममा पठन पाठन गर्ने व्यवस्था मिलाउने । गाउँपालिकामा एक प्राविधिक विद्यालय खोल्ने ,४ वर्ष भित्र महिलाहरुलाई घरमै सुत्केरी गराउने कार्यको अन्त्य गराउने । गाउँपालिकाले सर्वसुलभ एम्बुलेन्स सेवा प्रदान गर्ने , चार वर्ष भित्र एक घर एक धाराको अवधारणालाई मुर्तरुप दिने, पेशागत विकासका लागि आवश्यक कार्य गर्ने उल्लेख गरेको छ ।

पूर्वाधार विकास अन्र्तगत गाउँपालिकाका सबै वडालाई समेटेर चक्रपथ निर्माण गर्ने र वडाका सवै सडक ४ वर्ष भित्र स्तरोन्नति गर्ने लक्ष्य राखेको छ । यस संगै बजार व्यवस्थापन, बस्ती विकास, जलविद्युत आयोजना निर्माण लगाएको लक्ष्य लिएको छ । वन वातावरण विज्ञान अन्तर्गत विकासमा दिगो विकासलाई अवलम्बन गर्ने वन, विरुव जटिबुटीको संरक्षण तथा विपद व्यवस्थापनलाई आफ्ने नीतिमा समावेश गरेको छ । सु–शासन तथा संस्थागत विकास तथा सेवा प्रवाहका विषयमा गाउँपालिका तथा यस भित्रका संस्थाहरुको जवाफदेहिता पारर्दशिता,तालिम प्रशिक्षण लगायतका विषयलाई समावेश गरिएको छ ।

गाउँकार्यपालिकाले आफ्ना नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ३४ करोड ४० लाख २७ हजार ७ सयको आय व्यय प्रस्तुत गरिएको थियो |

साभार : Bethanchokkhabar.com

तपाईको प्रतिक्रिया