रोनाल्डो को जुभेन्टस यात्रा

४ श्रावण २०७५, शुक्रबार १८:३९

निलोखबर- काठमाडौँ,
बिस्व चर्चित फूटबल स्टार क्रिस्टीयानो रोनाल्डो, ११२ मिलियन युरो मा ईटालियन फूटबल क्लब जुभेन्टस मा अनुबन्ध भएका छन्। उनले यो सम्झौता २०२१ सम्म का लागि गरेका हुन्। उनि, यो भन्दा अगाडी बिस्व चर्चित फूटबल क्लब रियलमड्रिड मा रहेर खेलिरहेका थिए।

गत सिजन मा उनले रियलमड्रिड मा रहेर च्याम्पियन लिग जिताउन सफल भएका थिए। रोनाल्डो अहिले मड्रिड छोडेर जुभेन्ट्स पुगीसकेका छन्।

जुभेन्ट्स मा उनले क्लब का मेनेजर, कोच र खेलाडी हरुलाई भेट गरेका थिए। साथै उनले जुभेन्ट्स को स्वागत कार्यक्रम मा आफुले आगामी च्याम्पियन लिग जुभेन्ट्स का लागि जित्न सक्दो प्रयास गर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया